चिनियाँ र जापनिजसहित २० हजार पर्दामा प्रभाषको ‘आदिपुरुष’ रिलिज हुने

चिनियाँ र जापनिजसहित २० हजार पर्दामा प्रभाषको ‘आदिपुरुष’ रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभाषलाई एसएस रमजामौली निर्देशित ‘बाहुबली’ले प्यान इन्डिया स्टारको रुपमा परिचित गरायो । यो सिनेमापछि उनको अभिनय रहेका सवै प्यान इन्डिया स्केलमा निर्माण र रिलिज भैरहेका छन् ।

उनै प्रभासको सिनेमा ‘आदिपुरुष’ भारतका अलावा जापानिज र चिनियाँ भाषामा पनि रिलिज हुने भएको छ । उनको सिनेमा ‘बाहुबली २’ले चीनमा सोचे अनुरुप व्यापार गर्न सकेको थिएन् । कोरोना महामारीपछि सिनेमा रिलिज हुने दोस्रो बलिउड सिनेमा ‘आदिपुरुष’ बन्ने छ । यसअघि सुशान्त सिंह राजपुत अभिनित ‘छिछोरे’ चिनमा रिलिज हुँदैछ ।

पौराणिक कथामा आधारित सिनेमा हो ‘अदिपुरुष’ । सिनेमा भारत लगायत विश्वभर एकैसाथ २० हजारभन्दा बढि सिनेमा हलमा रिलिज गर्ने तयारी निर्माण पक्षले गरेको छ । ओम राउतको निर्देशन रहेको सिनेमामा भारतमा हालसम्म निर्माण भएका सवै सिनेमा भन्दा धेरै ‘भिएफएक्स’ प्रयोग भएको छ ।

यसअघि एसएस राजामौली निर्देशित सुपरहिट सिनेमा ‘बाहुबली २’ लाई भारतमा धेरै भिएफएक्स प्रयोग भएको सिनेमा मानिन्थ्यो । ‘बाहुबली २’ मा करिब २ हजार ५०० भिजुअल इफेक्ट्स समेटिएको थियो । तर ‘आदिपुरुष’मा भने त्यो भन्दा पनि बढी ८ हजार भिएफएक्स इफेन्ट्स समेटिएको बताइएको छ ।

५०० करोड लगानी रहेको सिनेमा ११ अगष्ट २०२२ मा रिलिज हुने तय भएको छ । भारतका १५ भाषामा ‘आदिपुरुष’ रिलिज हुनेछ । त्यसका अलावा केही विदेशी भाषामा समेत रिलिज गर्ने तयारी छ । ‘आदिपुरुष’मा प्रभास रामको भूमिकामा देखिनेछन् । सिनेमामा सैफ अली खान रावणको भूमिकामा देखिनेछन् । यस्तै सिनेमामा कृती सेननले सिता र सन्नी सिंहले लक्ष्मणको भुमिका निवार्ह गरेका छन् ।