मिलन चाम्सको ‘बर एण्ड बधु’मा आँचल अनुबन्धित

मिलन चाम्सको ‘बर एण्ड बधु’मा आँचल अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक मिलन चाम्सले नयाँ सिनेमा ‘बर एण्ड बधु’ निर्माण घोषणा गरेका छन् । निर्देशक चाम्सका अनुसार सवै कुरा ठिक भएको खण्डमा सिनेमाको छायांकन फागुनबाट सुरु गरिनेछ । सिनेमाको मुख्य भुमिकामा निर्देशक चाम्सले अभिनेत्री आँचल शर्मालाई अनुबन्धित गरिसकेका छन् ।

पछिल्लो समय निर्देशक चाम्सलाई सिनेमा निर्माण घोषणा गर्ने तर नबनाउने निर्देशकको रुपमा परिचित गराएको छ । उनले हालसम्म निर्माण घोषणा गरेका थुप्रै सिनेमा कहिले बन्छन् भन्ने फिक्स छैन् । उनले ‘ब्याचलर बन्टी’, ‘बोबी २ : बाँकी कथा’, ‘गोर्खा वारियर’, सामाज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहने सिनेमा, फुटबलर अञ्जलीको बायोपिक लगायतका सिनेमा निर्माण घोषणा गरेर थन्काएका छन् ।

अहिले मिलन ‘गोर्खा वारियर २’को छायांकनमा व्यस्त छन् । यो सिनेमाको छायांकन सकिएपछि ‘बर एण्ड बधु’को छायांकन गरिने निर्देशक चाम्सले बताएका छन् । उनले भने : ‘कथावस्तु रोचक छ । कोरोनाको तेस्रो लहर कम भयो भने हामी फागनाबाट छायांकन सुरु गर्छौ ।’ आँचल ‘बधु’को भूमिकामा देखिने मिलनको भनाई छ ।

आँचलले लकडाउनपछि काम गर्न लागेको पहिलो नेपाली सिनेमा हो । उनले, लकडाउनपछि साउथको सिनेमा ‘हिटम्यान’मा भने काम गरिसकेकी छिन् । आँचलले सिनेमाका लागि आफू उत्साहित भएको बताइन् । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा सिनेमा निर्माण हुने सिनेमाको लागी बर अर्थात मुख्य अभिनेताको खोजी भैरहेको छ ।

सिनेमामा काम गर्न चाहने नयाँ अनुहारले निर्माण टिमसँग सम्पर्क गर्न सक्ने मिलनले बताए ।’बर एण्ड बधु’को कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखिरहेका छन् । सिनेमाका अन्य कलाकार र प्राविधिक केही दिनमै फाइनल हुने र सम्पूर्ण जानकारी पत्रकार सम्मेलन मार्फत दिने तयारी निर्माणपक्षले गरेको छ ।