मार्च २५ मा राजामौलीको ‘आरआरआर’ रिलिज घोषणा

मार्च २५ मा राजामौलीको ‘आरआरआर’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडको बहुप्रतिक्षित सिनेमा ‘आरआरआर’को नयाँ रिलिज मिति घोषणा गरिएको छ । कोरोना महामारीको तेस्रो लहरका कारण सिनेमाको रिलिज मिति जनवरी ७ बाट पोस्टपोन्ड गरिएको थियो ।

सिनेमाको निर्माण कम्पनिले केहीदिन पहिले सिनेमाको सम्भावित दुई मिति घोषणा गरेको थियो । तर, ति कुनैपनि मितिमा सिनेमा रिलिज नहुने पक्का भएको छ । अब सिनेमा आगामी मार्च २५ चैत्र ११ गतेबाट रिलिज हुनेछ । यही मितिमा बलिउड अभिनेत कार्तिक आर्यन अभिनित सिनेमा ‘भुलभुलैया २’ पनि रिलिज हुँदैछ ।

एसएस राजामौलीले निर्देशन गरेको सिनेमामा राम चरण, जुनिय एनटिआर, आलिया भट्ट, अजय देवगण लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमो तेलगु, तमिल, मल्यालम, कन्नडा र हिन्दी गरी पाँच भाषामा रिलिज हुनेछ ।