‘राधे श्याम र झुण्ड’ रिलिज घोषणा, ‘भुल भुलैया २’ पोस्टपोन्ड

‘राधे श्याम र झुण्ड’ रिलिज घोषणा, ‘भुल भुलैया २’ पोस्टपोन्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सिनेमा ‘राधे श्याम’को नयाँ रिलिज मिति घोषणा गरिएको छ । यसअघि जनवरी १४ तारिकमा रिलिज हुने तयारीमा थियो । तर कोरोना महामारीका कारण सिनेमाको रिलिज स्थगित गरिएको थियो ।

अब यो सिनेमा अब मार्च ११ बाट रिलिज हुनेछ । राधा कुष्ण कुमारको निर्देशनमा निर्माण भएको सिनेमामा प्रभाष र पुजा हेग्डेको मुख्य भुमिका रहेको छ । राधेश्याम नेपाली दर्शकमाझ पनि प्रतिक्षित छ । यस्तै आजै बलिउड अभिनेता अमिताभ बच्चन अभिनित सिनेमा ‘झुण्ड’को पनि रिलिज मिति घोषणा गरिएको छ ।

‘झुण्ड’ आगामी मार्च ४ बाट विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ । नागराज पोपटराव मञ्जुलले सिनेमाको निर्देशन गरेका हुन् । ‘झुण्ड’ एक प्रोफेसरको कथामा आधारित छ । झुपड बस्तीमा बस्ने युवाहरुलाई फुटबल टिम बनाउनका लागि एक प्रोफेसरले दिएको प्रेरणाको कथामा सिनेमाले उठाएको छ ।

यस्तै मार्च २५ लाई बहुप्रतिक्षित सिनेमा ‘आरआरआर’को रिलिज घोषणा गरिएपछि कार्तिक आर्यन अभिनित सिनेमा ‘भुल भुलैया २’को रिलिज पोस्टपोन्ड गरिएको छ । अब यो सिनेमा मे २० बाट विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ । अनिस बज्मीको निर्देशन रहेको सिनेमामा तब्बु र कियारा आडवाणीको पनि मुख्य भुमिका रहेको छ ।