सम्राट बस्नेत निर्देशित लाखेमा प्रशान्तको प्रवेश

सम्राट बस्नेत निर्देशित लाखेमा प्रशान्तको प्रवेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पौष अन्तिमबाट दुई युनिटमा सम्राट बस्नेत निर्देशित सिनेमा ‘लाखे’को धमाधम छायांकन भैरहेको छ । हाल कोरोना मापदण्ड पालना गर्दै सिनेमाको काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा छायांकन हुँदैछ ।

मल्टिस्टारर सिनेमामा अभिनेता प्रशान्त ताम्राकारको पनि प्रवेश भएको छ । प्रशान्तले गर्ने भुमिकामा यसअघि सुनिल थापालाई अनुबन्धित गरिएको थियो । तर अन्तिम समयमा थापाले सिनेमाका लागि समय दिन नसकेपछि निर्माण टिमले प्रशान्तलाई उक्त भुमिकाको लागि साइन गरेको छ । मंगलबार निर्माण टिम र अभिनेत ताम्राकारबीच लिखित सम्झौता भएको हो ।

हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको सिनेमामा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, वर्षा राउत, रोहित रुम्बा लगायतका कलाकारको मुख्य भूमिका छ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको सिनेमाका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको सिनेमाको प्रस्तुतकर्तामा गणेश मल्ल ठकुरी छन् ।