आलिया अभिनित ‘गंगुबाई काठियावाडी’ ट्रेलर रिलिज

आलिया अभिनित ‘गंगुबाई काठियावाडी’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री आलिया भट्टको मुख्य भुमिका रहेको सिनेमा ‘गंगुबाई काठियावाडी’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको ट्रेलरमा मुख्य अभिनेत्री आलिया भट्ट र अजय देवगणको वरिपरि घुमेको छ ।

आफ्नै श्रीमानबाट वेश्यालयमा बेचिएपछि गंगुबाईले गर्ने संर्घष र सफलताको कथा सिनेमामा पेश गरिएको छ । संजय लिला भन्सालीको निर्देशनमा निर्माण भएको सिनेमा आगामी फेब्रुअरी २५ तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ । आलियाले सुपरहिट सिनेमा राजीपछि दोस्रो पटक सोलो अभिनेत्रीको भुमिका निवार्ह गरेकी छन् ।

सिनेमा लेखक हुसैन जैदीको किताब ‘माफिया क्वीन अफ मुम्बई’को एक अध्यायमा आधारित छ । सिनेमामा आलिया मुम्बईको ‘रेड लाइट एरिया’ कमाटीपुराको शक्तिशाली, प्रमिल र आदरणीय पात्रको रुपमा देखिएकी छन् । सिनेमा सन् १९६० को सेटिङमा खिचिएको छ ।

कोरोना महामारीकै कारण सिनेमाको प्रदर्शन सरेको थियो । यसअघि यो सिनेमा २०२० मै प्रदर्शनमा आउने तयारी थियो । यो सिनेमा ७२ औं बर्लिन इन्टरनेसनल सिनेमा महोत्सवमा वल्र्ड प्रिमियर हुँदैछ ।