नेटफ्लिक्सले महंगोमा किन्यो शाहरुख र आलियाको ‘डार्लिङ्ग’

नेटफ्लिक्सले महंगोमा किन्यो शाहरुख र आलियाको ‘डार्लिङ्ग’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री आलिया भट्ट मिलेर निर्माण गरेको सिनेमा ‘डार्लिङ्ग’लाई नेटफ्लिक्सले महंगो रकममा किनेको छ ।

बलिउड मिडिया पिंकभिल्लाका अनुसार आलियाले रेड चिल्ली इन्टरटेनमेन्टसँग मिलेर बनाएको सिनेमालाई नेटफ्लिक्सले ८० करोड भारतीय रुपैयाँमा किनेको छ । हिरोइन मुख्य भूमिकामा रहेको सिनेमालाई ओटिटीले महंगो रकममा किन्नुलाई बलिउड मिडियाले दुर्लभ उपलब्धी मानेका छन् ।

यसअघि दीपिका पादुकोण र अनन्या पाण्डेको मुख्य भूमिका रहेको ‘गहराइँया’लाई पनि अमेजन प्राइमले महँगो रकममा किनेको चर्चा थियो । सिनेमाको अहिले पोस्ट प्रडक्सन चलिरहेको छ । सिनेमामा आलिया भट्ट र सेफाली शाह मुख्य भूमिकामा छन् । सिनेमाले आमाछोरीको सम्बन्धको कथा पेस गरेको छ ।

सिनेमालाई जस्मित केरिनले निर्देशन गरेका हुन् भने सिनेमामा संगीत निर्देशक विशाल भारद्धाजको रहेको छ । आलियाको चाँडै नै ‘गंगुबाई कठैयावाडी’ रिलिज हुँदैछ । यसबाहेक आलिया ‘आरआरआर’ र ‘रक्की और रानीकी प्रेमकहानी’ पनि देखिँदैछिन् ।