अक्षय र टाइगरको ‘बडे मियाँ छोटे मियाँ’ निर्माण घोषणा

अक्षय र टाइगरको ‘बडे मियाँ छोटे मियाँ’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं –  बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफ पहिलो पटक एकसाथ देखिने भएका छन् । यी दुईको मुख्य भुमिका रहने सिनेमा ‘बडे मियाँ छोटे मियाँ’को अफिसियल निर्माण घोषणा गरिएको छ ।

मंगलबार सिनेमाको निर्माण टिमले २ मिनेट ११ सेकेन्ड लामो टिजर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरिएको हो । सिनेमालाई भारतको ठुलो एक्शन इन्टरटेनर सिनेमाको रुपमा निर्माण गरिने निर्माण कम्पनिले उल्लेख गरेको ।

बलिउडमा ‘वार’को सफलता पश्चात एकसाथ दुई ठुला स्टारलाई लिएर सिनेमा निर्माण गर्ने ट्रेन्ड बढ्न थालेको छ । अमिताभ बच्चन र गोविन्दा अभिनित सिनेमा ‘बडे मियाँ छोटे मियाँ’को रिमेक रहेको चर्चा बलिउडमा भैरहेको थियो । तर निर्माण टिमले सिनेमाको टाइटल मात्रै सापटी लिएको उल्लेख गरेको छ ।

सिनेमालाई बलिउडका सफल निर्देशक अलि अब्बास जफरले निर्देशन गर्दैछन् । २०२३ को क्रिसमसमा रिलिज हुने सिनेमा पुजा इन्टरटेनमेन्टको व्यानरमा बाशु भग्नानी, दिपशिखा देशमुख र ज्याकी भग्नानीले निर्माण गर्नेछन् । अक्षय र टाइगरको टिमअपले दर्शकमाझ कौतुहल्ता पैदा गरेका बलिउड मिडियाले उल्लेख गरेका छन् ।