एबी इन्टरनेशनलको ‘हनी बनी’मा अनमोल अनुबन्धित

एबी इन्टरनेशनलको ‘हनी बनी’मा अनमोल अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीवाकर भट्टराईको निर्देशन रहने नयाँ सिनेमा ‘हनी बनी’मा अभिनेता अनमोल केसी अनुबन्धित भएका छन् । तीन दिन अघि निर्माण टिम र अभिनेता केसीबीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो ।

अनमोलले सिनेमाको स्कृप्ट पढेको दुई दिनमै साइन गर्न राजी भएको निर्देशक भट्टराईले बताए । सिनेमामा उनी लभर ब्वाईको भूमिकामा प्रस्तुत हुने छन् । सिनेमाको आगामी मार्चबाट छायांकन सुरु गर्ने तयारी गरिएको छ । यसअघि सिनेमा ‘क्याप्टेन’ मा अनमोल र दीवाकरले सहकार्य गरेका थिए ।

अनमोल आगामी फागुन अन्तिमबाट सिनेमा ‘एक्स ९’ को छायांकन सुरु गर्ने तयारीमा थिए । यसका लागि उनले शरीर बनाउन तीन महिना जिममा पसिना पनि बगाए । तर, कोरोना महामारीको तेस्रो लहरका कारण तत्काल सिनेमा नबन्ने भएपछि उनले ‘हनी बनी’ साइन गरेका हुन् । सिनेमामा उनको अपोजिटका लागि निर्माण टिमले अभिनेत्री खोजिरहेको छ । चाँडै अन्य कलाकारहरुको पनि टुंगो लाग्ने निर्माता अजित कुमार थापाले बताए ।

एबी इन्टरनेशलको प्रस्तुती रहने सिनेमामा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा अंकित गौतम छन् । बेलायतमामा छायांकन हुने सिनेमाको लागत ७ करोड अनुमान गरिएको छ ।

यही टिमले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छन् । सिनेमाको चाँडै नयाँ रिलिज मिति घोषणा गरिनेमा निर्माण टिमले जनाएको छ ।