जुलाई २२ मा रनवीरको ‘शमशेरा’ रिलिज घोषणा

जुलाई २२ मा रनवीरको ‘शमशेरा’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यशराज व्यानरको अर्को प्रतिक्षित सिनेमा ‘शमशेरा’को प्रदर्शन मिति घोषणा गरिएको छ । भारतमा कोरोना महामारीको तेस्रो लहरको प्रभाव कम हुँदै गएपछि एकपछि अर्को सिनेमाको नयाँ प्रदर्शन मिति धमाधम घोषणा गर्न थालिएको छ ।

यसअघि मार्च १८ लाई रिलिज घोषणा गरिएको थियो । उक्त मितिमा अक्षय कुमार अभिनित ब’च्चन पाण्डे’ले आउने भएपछि ‘शमशेरा’ जुलाईमा पुगेको हो । अब सिनेमामा जुलाई २२ बाट तमिल र तेलुगु सहित विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ ।

‘शमशेरा’लाई करण मल्होत्राले निर्देशन गरेका हुन् । सिनेमालाई पिरियड ड्रामाको रुपमा निर्माण गरिएको छ । रनवीर अभिनित ‘सञ्जु’पछि नयाँ सिनेमा रिलिज भएका छैनन् । रणवीरको रिलिज ‘लाइनअप’ भने लामो बनिसकेको छ । रणवीर अभिनित ‘ब्रह्मास्त्र, एनिमल, लभ रञ्जन निर्देशितअनटाइटल सिनेमा रिलिजको तयारीमा छन् ।