द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार रिलिज गरिएको ‘ए मेरो हजुर ४’ को शिर्ष गीत युट्युव ट्रेन्डिङमा उक्लिएको छ । हालसम्म गीत युट्युव ट्रेन्डिङको चौंथो स्थानमा छ । गीतमा १७ घण्टामा ४ लाख ७० हजार बढि भ्युज मिलेको छ । भने ५२ हजार बढि लाइक छ ।
गीत हेरेका अधिकांश दर्शकले मुख्य अभिनेता अनमोल केसी र सुहाना थापाको केमेष्ट्रीलाई रुचाएका छन् । भने गायक सुगम पोखरेल र गायिका अस्मिता अधिकारीको गायन पक्षको पनि तारिफमा शब्द खर्चिएका छन् । यस्तै सिनेमाग्राफर सञ्जय लामाको छायांकनले पनि दर्शकको निकै तारिफ बटुली रहेको छ ।
गीत हेरेका अधिकांश दर्शकले स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्झनालाई ताजा बनाई दिएको भन्दै ‘ए मेरो हजुर ४’ निर्माण टिमलाई धन्यवाद दिएका छन् । सार्वजनिक गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
सिनेमा ‘ए मेरो हजुर’ को गीतको हुक लाइन ‘फूलको थुंगा हौकी’ लाई मिश्रण गरेर तयार गरिएको गीतमा गायक सुगम पोखरेल र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । रवि मल्लको शब्द रचना रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् ।
बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमालाई सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । ‘ए मेरो हजुर ४’ झरना थापा निर्देशित तेस्रो सिनेमा हो । सिनेमाको कथा झरना थापाले लेखेका हुन् । पटकथा र संवादमा उनलाई स्व। निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।



प्रतिक्रिया