‘हनी बनी’मा भित्रिए सलोन बस्नेत

‘हनी बनी’मा भित्रिए सलोन बस्नेत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीवाकर भट्टराईको निर्देशन रहने सिनेमा ‘हनी बनी’को अभिनेता सलोन बस्नेत पनि अनुबन्धित भएका छन् । सिनेमाको मुख्य भुमिकाको लागि यसअघि नै अभिनेता अनमोल केसी फाइनल भैसकेका छन् ।

निर्माण टिम हाल सिनेमाका लागि मुख्य अभिनेत्रीको खोजी गरिरहेको छ । मार्चबाट फ्लोरमा जाने सिनेमालाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । अधिकांश छायांकन लण्डनमा गरिने सिनेमामा अनमोल लभरव्वाईको भुमिकामा देखिनेछन् । सलोनको चरित्रको बिषयमा निर्माण टिमले कुनैपनि जानकारी दिएको छैन् । सिनेमामा अभिनय गर्ने अन्य कलाकारहरुको पनि चाँडै टुंगो लाग्ने निर्माता अजित कुमार थापाले बताए ।

एबी इन्टरनेशलको प्रस्तुती रहने सिनेमामा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा अंकित गौतम छन् । बेलायतमामा छायांकन हुने सिनेमाको लागत ७ करोड अनुमान गरिएको छ ।

यही टिमले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छन् । सिनेमाको चाँडै नयाँ रिलिज मिति घोषणा गरिनेमा निर्माण टिमले जनाएको छ ।