‘म यस्तो गीत गाउँछु २’को गीतमा रोमान्टिक पल र पुजा

‘म यस्तो गीत गाउँछु २’को गीतमा रोमान्टिक पल र पुजा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुदर्शन थापा निर्देशित सिनेमा ‘म यस्तो गीत गाउँछु २’ को गीत सार्वजनिक गरिएको छ । ‘म यस्तो गीत गाउँछु’ को चर्चित गीत ‘आफ्नै सम्झि परेली छुन्छौ भने तिमी’ को हुक लाइन समावेश गरेर तयार गरिएको गीतमा गायक सुरेश लामा र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

‘भ्यालेनटाइन डे’ को उपहार स्वरुप सार्वजनिक गरिएको गीतको भिडियोमा सिनेमाका मुख्य अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचर्ड छन् । भिडियोमा सुदर्शन, पूजा र पलले सिनेमा फागुन १३ गते रिलिज हुन लागेको जानकारी गराएका छन् ।

सुदर्शन थापा र पूजा शर्माले मिलेर निर्माण गरेको सिनेमामा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतको पनि अभिनय रहेको छ । निर्देशक थापा आफैंले लेखेको सिनेमाको कथालाई पटकथा तथा संवादमा शिवम् अधिकारी र दिनेश न्यौपानेले ढालेका हुन् । सौरभ लामाको छायांकन रहेको सिनेमाको गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, रेनेश भागोको कलर, शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर, सत्यम राना र दिनेश केपीको भिएफएक्स रहेको सिनेमालाई जिजिए ग्रुपले काठमाडौंभित्र र एफडि कम्पनीले काठमाडौंबाहिर वितरण गर्दैछ ।