प्रेमगञ्जबाट बेनिशाको ‘मैना’ लुक्स सार्वजनिक

प्रेमगञ्जबाट बेनिशाको ‘मैना’ लुक्स सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – परिच्छेद सेन निर्देशित सिनेमा ‘प्रेमगञ्ज’को भ्यालेन्टाइनको अवसर पारेर क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले बेनिशा हमाललाई मैनाको रुपमा प्रस्तुत गर्दै सिनेमाको पहिलो अनुहार सार्वजनिक गरेको हो । चरित्रमा बेनिशा सुन्दर देखिएकी छिन् ।

सिनेमा आउँदो जेठमा रिलिज गर्ने निर्माण टिमको लक्ष्य छ । यही लक्ष्यअनुसार हाल पोस्ट प्रडक्सनको काम भइरहेको निर्देशक परिच्छेद सेनले जानकारी गराए । ‘हामी धमाधम सम्पादनको काम गरिरहेका छौँ । अवस्था अनुकुल भयो भने हामी जेठमा प्रदर्शन गर्ने गरी मिति हेरिरहेका छौँ,’ परिच्छेदले भने ।

सिनेमाबाट तेज गिरीले डेब्यु गर्दैछन् । तेज पेसाले बैंकर हुन् । तेज र बेनिशाका अलवा सिनेमामा सम्पदा बानियाँ पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको । सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । सिनेमामा शिशिर राणा, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।

चलचित्र चौतारीको प्रस्तुति रहेको सिनेमाका कार्यकारी निर्माता अनन्त राम श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको सिनेमा डेढ करोडको लगानीमा बनेको हो । सिनेमा कथा निर्देशक सेनले आफै लेखेका हुन् ।