विवाह बन्धनमा बाँधिइन् अभिनेत्री रेखा थापा

विवाह बन्धनमा बाँधिइन् अभिनेत्री रेखा थापा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री रेखा थापाले विवाह बन्धनमा बाँधिएकी छन् । उनले जाजरकोट निवासी बलराम शाही ठकुरीसँग विवाह गरेकी हुन् । एक वर्षदेखि चिनजानको साथी रहेका दुवैले सम्बन्ध विवाहमा परिणत गरेका हुन् ।

अभिनेत्री थापाले दुई हप्ताअघि कोर्ट म्यारिज गरेको पुष्टि गर्दै यो आफ्नो नितान्त व्यक्तिगत कुरा भएकाले सार्वजनिक गर्न नचाहेको बताइन् । ‘यो मेरो व्यक्तिगत कुरा थियो । यो मोडमा आएर मन मिल्ने साथी भेटेपछि दुवै परिवारको सहमतिमा हामीले विवाह गर्ने निर्णय गरेका हौँ ।

यसलाई जीवन प्रक्रियाको रुपमा लिन आग्रह गर्दछु’ रेखाले भनिन् । भर्खरै विवाह बन्धनमा बाँधिएका रेखा र बलराम शाहीबीच दुई वर्षको उमेर अन्तर छ । बलराम शाहीको उमेर ४० वर्षका भए भने रेखा ३८ वर्षकी भइन । बलराम शाही इजरायलमा बसोबास गरिरहेका छन् । उनी पर्यटन व्यवसायी हुन् ।

रेखाको पहिलो विवाह चलचित्र निर्माता छविराज ओझासँग भएको थियो । १० वर्षअघि उनले छविसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । रेखाले केही समय पहिलेदेखि विवाहको संकेत गर्ने गरेकी थिइन् । तर कोसँग विवाह गर्न लागेको भन्ने गोप्य राख्दै आएकी थिइन् । हिरोबाट अभिनेत्रीको रुपमा करिअर सुरु गरेकी उनले करिब सय बढी सिनेमामा अभिनय गरेकी छन् ।