चिसो एस्ट्रेको दोस्रो गीत ‘बाबा पशुपति’ रिलिज

चिसो एस्ट्रेको दोस्रो गीत ‘बाबा पशुपति’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत्र ४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चिसो एस्ट्रे’को दोस्रो गीत ‘बाबा पशुपति’ रिलिज गरिएको छ । सार्वजनिक गीतमा सविन राईको आवाज रहेको छ ।

पछिल्लो समय सांगीतिक दुनियाँबाट टाढा रहेका सविनले यही गीतबाट कमब्याक गरेका हुन् । उनले स्वर सुहाउँदो कम्पोजिसन र गीतको शब्द पनि रोचक रहेकाले गीत गाउन रमाइलो भएको प्रतिक्रिया दिएका छन् । गीतमा संगीत अजर जंगम र शब्द रचना निर्देशक दिनेश पाल्पालीको रहेको छ ।

दिनेश पाल्पालीको निर्देशन रहेको सिनेमाको यसअघि ‘ड्रिम पाइरेसी’ बोलको गीत सार्वजनिक भइसकेको छ । अजर जंगमको स्वर तथा संगीत रहेको सो गीतको फरक खालको भिडियो धेरैले रुचाएका थिए । सिनेमामा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित सिनेमाका प्रस्तुतकर्ता महेशबाबु तिमल्सिना हुन् । प्रबिन स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेको सिनेमामा रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा सह निर्माताको रुपमा रहेका छन् ।