anmol jasita

सांगीतिक कार्यक्रमका लागि काठमाडौं आउँदै सलमान

सांगीतिक कार्यक्रमका लागि काठमाडौं आउँदै सलमान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खानसहितको टोली सांगीतिक कार्यक्रमका लागि काठमाडौं आउने भएको छ । बैशाख ३ गते ओडीसी इन्टरटेनमेन्टले सलमानसहितका कलाकारलाई काठमाडौं ल्याउन लागेको हो ।

ओडीसी इन्टरटेनमेन्टका प्रमुख सीमान्त गुरुङले दिएको जानकारी अनुसार उक्त मितिमा दशरथ रंगशालामा हुने कार्यक्रमको लागि सलमानसहितका भारतीय कलाकारलाई ल्याउन लागिएको हो । ती कलाकारलाई सम्झौताअनुसार भुक्तानी गर्नुपर्ने कूल रकममध्ये ४ करोड रुपैयाँ पारिश्रमिक पठाउन ओडीसीले बुधबार पर्यटन मन्त्रालयबाट राष्ट्र बैंकमा भुक्तानी पठाउन सिफारिस पत्र लिएको छ ।

यसअघि २०७४ फागुन २६ गते सलमानसहितका कलाकारले काठमाडौंमा दबंग रिलोडेड कार्यक्रममा भाग लिने जनाइएको थियो तर, विवादले उक्त कार्यक्रम स्थगित भयो । सोही सम्झौता अनुसार अब भने सलमान आउने पक्का भएको हो । सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, मनिष पौल, आयुष शर्मा लगायतका कलाकार नेपाल आउनेछन् ।