‘म यस्तो गीत गाउँछु २’को प्रचार ट्रेन्ड : नेवारी भाषाको गीत रिलिज

‘म यस्तो गीत गाउँछु २’को प्रचार ट्रेन्ड : नेवारी भाषाको गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुदर्शन थापा निर्देशित सिनेमा ‘म यस्तो गीत गाउँछु २’को टिमले प्रचारमा नयाँ ट्रेन्ड भित्राएको छ । बुधबार थारु भाषाको प्रोमोशन गीत रिलिज गरेको सिनेमा निर्माण टिमले बिहिबार नेवारी भाषाको गीत रिलिज गरेको छ । सिनेमा आगामी फागुन १३ गतेबाट नेपालभरका सिनेमा हलमा रिलिज हुँदैछ ।

अधिकांश सिनेमा निर्माताले सिनेमा प्रचारमा टिजर र ट्रेलरलाई मुख्य हतियार बनाउने गरेका छन् । तर, ‘म यस्तो गीत गाउँछु २’ निर्माण टिमले भारु र नेवारी भाषामा समेत गीत निर्माण गरेर प्रचारको नयाँ थालनी गरेको छ । प्रमोशनल गीतको भिडियोमा नेपाल भाषाका कलाकारसँगै सिनेमाका मुख्य अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा नेवारी पहिरनमा प्रस्तुत छन् ।

लभस्टोरी सिनेमा निर्देशनमा अब्बल मानिने सुदर्शन थापामाथि पनि दर्शकले विश्वास गर्ने भएकाले सिनेमाले सुस्ताएको नेपाली सिनेमाको बजार तताउने देखिन्छ । ‘म यस्तो गीत गाउँछु’ आफैंमा ब्रान्ड बनिसकेकाले हलसम्म दर्शक आउँने धेरैको अपेक्षा छ । सिनेमाले पल र पूजाको स्टारडमको फाइदा उठाउन सक्ने विश्वास निर्माण टिमलाई छ ।

सिनेमामा पल र पूजाका अलवा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारको पनि अभिनय रहेको छ । बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर रहेको सिनेमालाई पूजा शर्मा र सुदर्शन थापाले मिलेर निर्माण गरेका हुन् ।