सिनेमा रिलिजको संघारमा पल र पूजा बागमती सफाइ र वृक्षारोपणमा सहभागी

सिनेमा रिलिजको संघारमा पल र पूजा बागमती सफाइ र वृक्षारोपणमा सहभागी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फागुन १३ अर्थात आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘म यस्तो गीत गाउँछु २’ले मुख्य कलाकार पल शाह र पुजा शर्मा प्रचार प्रसारलाई तीव्र बनाउने क्रममा शनिबार बिहान वृक्षारोपण कार्यक्रममा सहभागी बनेका छन् । दुवैले बागमती किनारमा वृक्षारोपण गरेका हुन् ।

उनीहरूले सिनेमाको चरित्रसँग मिल्ने गरी रुखको नाम दिएका हुन् । सिनेमामा पूजा शर्माले छायाँ नामको चरित्र निर्वाह गरेकी छिन् । उनले रुखको नाम पनि छायाँ नै राखेकी थिइन् । ‘रुख ठूलो भएपछि छहारी दिन्छ । घाममा छायाँ दिने भएकाले छायाँ राखेको,’पूजाले भनेकी छन् । पलले भने रुखको नाम ‘म यस्तो गीत गाउँछु’ राखेका हुन् ।

पलले वातावरण सफाईमा लागेका अभियन्तालाई हौसला दिन आफूहरू वृक्षारोपण कार्यक्रममा सहभागी भएको बताए । सिनेमामा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर रहेको सिनेमालाई सुदर्शन थापा र पूजा शर्माले मिलेर निर्माण गरेका हुन् ।