एन्जेलिनाविरुद्ध पूर्वपति ब्राड पिटले गरे मुद्दा दायर

एन्जेलिनाविरुद्ध पूर्वपति ब्राड पिटले गरे मुद्दा दायर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हलिउड अभिनेत्री एन्जेलिना जोलीविरुद्ध अभिनेता तथा पूर्वपति ब्राड पिटले मुद्दा दायर गरेका छन् । आफूहरू सम्बन्धमा रहँदा किनेको फ्रेन्च वाइनरीको सेयर बिनाजानकारी बेचेको भन्दै अभिनेता पिटले जोलीविरुद्ध मुद्दा दायर गरेका हुन् ।

विभिन्न स्रोतका अनुसार उनीहरूले सो कम्पनीको सेयर सन् २००८ मा किनेका थिए । ब्राडले आफुहरुबीच एकार्काको जानकारीबिना सो सेयर बेच्न नपाउने सम्झौता भएको बताउँदै आपत्ति जनाएका छन् । २०२१ जुलाईमा जोलीले आफ्नो वाइनरीको सेयर बेचेको बताएकी थिइन् ।

यद्यपि, उनले त्यस बेला खरिदकर्ताको नाम खुलाएकी थिइनन् । ११ वर्ष सँगै बसेका उनीहरू विवाहको दुई वर्षपछि सन् २०१६ सेप्टेम्बरमा छुट्ट्एिका थिए । ब्राड पिट र एन्जेलिना जोली ६ सन्तानका बाबुआमा हुन् ।