महानायक हमालले गरे ‘लुम्बिनी अष्टदीप मल्टिनेशनल’को उद्घाटन

महानायक हमालले गरे ‘लुम्बिनी अष्टदीप मल्टिनेशनल’को उद्घाटन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महानायक राजेश हमाल ‘सत्यम्’ बाट ठुलो पर्दामा कमव्याको तयारीमा छन् । त्यसका साथै उनी म्युजिक भिडियोदेखि विनिन्न ब्राण्डको समुद्घानमा समेत उत्तिकै सहभागी भैरहेका हुन्छन् । यसैबीच उनले शनिवार रुपन्देही पुगेर लुम्बिनी अष्टदीप मल्टिनेशनलको आवास परियोजना अन्तर्गत तिलोत्तमा होम्समा निर्मित भवनको उद्घाटन गरेका छन् ।

ठूलो क्षेत्रमा आकर्षक, समयअनुकूल र व्यवस्थित घरहरु निर्माण भएकोमा खुसी व्यक्त गर्दै उनले गुणस्तरमा विशेष जोड दिन आग्रह गरे । महानायक हमालले आवास परियोजनाको बी ब्लकको एक घर (एक करोड ७५ लाख बराबर) को औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटनपछि आवास परियोजनाको अवलोकन गर्दै उनले यो देशकै नमूना आवास क्षेत्र बन्ने विश्वास व्यक्त गरे ।

कम्पनीले तिलोत्तमा–७ भलवारीमा ६ विगाहा क्षेत्रफलमा आवास विकास परियोजनामा सुरु गरेको हो । जसमा १०९ वटा घर निर्माण हुने बताइएको छ । उद्घाटन समारोहमा लुम्बिनी अष्टदीप मल्टिनेशनलका अध्यक्ष नेत्र वनले बढ्दो शहरीकरण र प्रदुषणलाई मध्य नजर गर्दै बुटवल र भैरहवाको बीचमा व्यवस्थित र आधुनिक बसाइका लागि विशेष आयोजना अगाडि बढाएको बताए ।