‘म यस्तो गीत गाउँछु २’को लिरिकल गीत ‘चुपचाप जिन्दगी’ रिलिज

‘म यस्तो गीत गाउँछु २’को लिरिकल गीत ‘चुपचाप जिन्दगी’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फागुन १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘म यस्तो गीत गाउँछु २’ को टिमले अहिले प्रचारको नयाँ ट्रेण्ड सुरु गरेका छ । केहीदिन पहिले थारु र नेवारी भाषाको प्रमोसनल गीत रिलिज गरेका निर्माण टिमले सोमबार नयाँ गीत सार्वजानिक गरेको छ ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको ‘चुपचाप जिन्दगी’ बोलको गीतमा सुरेश लामा र अस्मिता अधिकारीको स्वर छ । गीतको लिरिकल भिडियोमा सिनेमाभित्रका चल र अचल दृश्यहरु समावेश गरिएको छ । सिनेमामा यो गीतलाई कथावाचनको रुपमा प्रयोग भएको भिडियो मार्फत बुझ्न सकिन्छ ।

सुदर्शन थापाले निर्देशन गर्ने सिनेमामा गीत-संगीतलाई विशेष प्राथमिकता दिने गरेको पाइन्छ । दर्शकको नाडी छामेर मनछुने प्रेमकथा पस्किन माहिर मानिने सुदर्शनले गीत छनोट गर्ने मामलामा निकै ध्यान दिने गरेका छन् । सिनेमाका यसअघि सार्वजनिक गीत-संगीतले दर्शकको मन जितेका कारण पनि हलसम्म दर्शक ओइरिने विश्वास निर्माण टिमलाई छ ।

सिनेमालाई पूजा शर्मा र सुदर्शन थापाले मिलेर निर्माण गरेका हुन् । ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारको अभिनय छ । निर्देशक थापाको कथालाई शिवम अधिकारी र दिनेश न्यौपानेले पटकथा तथा संवादमा ढालेका छन् ।

सिनेमाका सह निर्माता जन्मजय साम्पाङ्ग राई हुन् । बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर रहेको छ ।