दिनेश पाल्पाली निर्देशित ‘चिसो एस्ट्रे’ ट्रेलर सार्वजनिक

दिनेश पाल्पाली निर्देशित ‘चिसो एस्ट्रे’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिनेश पाल्पालीको निर्देशनमा निर्माण भएको सिनेमा ‘चिसो एस्ट्रे’ ट्रेलर सार्वजनिक गरिएको छ । आगामी चैत्र ४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर रिलिज गरिएको हो ।

सिनेमामा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक पाल्पालीले आफूले भूपि शेरचनको ‘चिसो एस्ट्रे’ शीर्षकको कविताबाट प्रभावित भएर सिनेमा तयार गरेको जानकारी गराए । सिनेमा निर्माता महेशबाबु तिमल्सिनाले भने आफूले नेपालमा हेर्न चाहेका सिनेमा बनाउने अभिलाषामा सिनेमा निर्माणमा संलग्न भएको बताए ।

निर्देशक दिनेश पाल्पालीकै लेखन रहेको सिनेमामा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित सिनेमालाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । प्रवीण स्याङ्बा र सुष्मिता पराजुली सिनेमाका निर्माता हुन् ।

सिनेमाको सहनिर्मातामा रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन् । निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको सिनेमामा उज्ज्वल ढकालको सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी सम्हालेका छन् ।