प्रिमियर शोजमा रुचाइयो ‘म यस्तो गीत गाउँछु २’

प्रिमियर शोजमा रुचाइयो ‘म यस्तो गीत गाउँछु २’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘म यस्तो गीत गाउँछु २’को प्रिमियर शोजको आयोजना गरिएको छ । बुधबार कृर्तिपुर सिनेप्लेक्समा आयोजना गरिएको प्रिमियरमा सिनेमाकर्मी र संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

‘म यस्तो गीत गाउँछु २’को प्रिमियरमा नीर शाह, गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी, दमन रुपाखेती, पुष्प खड्का, निर्माता छवि ओझा, निर्देशक दीपेन्द्र के खनाल, गायक यम बराल, संगीतकार अर्जुन पोखरेल, गायिका मलिका कार्कीलगायत पुगेका थिए ।

सिनेमा हर्ने पुगेका निर्माता तथा अभिनेता दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, एलिजा गौतम, सञ्जोग कोइराला लगायतले पनि यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनय उत्कृष्ट रहेको सुनाए । यस्तै सिनेमा हेरेका अधिकांश सिनेमाकर्मीले उत्कृष्ट सिनेमा बनेकाले दर्शकलाई हलसम्म फर्काउने विश्वास व्यक्त गरे ।

सिनेमा हेरि सकेपछि अभिनेत्री पूजा शर्माले भावुक हुँदै आफु र आफ्नो टिमले राक्रो सिनेमा निर्माण गर्ने इमान्दार प्रयास गर्दापनि रिलिज ताका विभिन्न बज्रपातको समाना गर्नु परेको गुनासो गरिन् । अभिनेत्री शर्माले सिनेमा रिलिजको समयमा आएका विभिन्न खालका समस्यालाई दर्शकले मायाले बिर्साउने विश्वास व्यक्त गरिन् ।

निर्देशक सुदर्शन थापाले पनि बजारमा चलेको हल्लाको पछि नलागी आफ्नो सिनेमा हेर्न आउन दर्शकलाई आग्रह गरेका छन् । सिनेमाको प्रिमियरमा पाएको प्रतिक्रियाले आफू उत्साहित भएको निर्देशक थापाको भनाई छ । उनले आफूहरुले दर्शकमाझ एउटा उत्कृष्ट प्रेमकथा पस्किएको भन्दै अब यसलाई कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी दर्शकमा भएको बताए ।

सिनेमाको प्रिमियर शोजमा मुख्य अभिनेता पल शाह भने उपस्थित थिएनन् । अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र सौरभ लामाको छायांकन रहेको सिनेमाको बुधबारबाटै देशभरका विभिन्न सिनेमा घरमा अग्रीम टिकट बुकिङ पनि खुल्ला भइसकेको छ ।