अभिनेता पल शाहद्धारा प्रहरीमा आत्मसमर्पण

अभिनेता पल शाहद्धारा प्रहरीमा आत्मसमर्पण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदर्शनरत सिनेमा ‘म यस्तो गीत गाउँछु २’ अभिनेता पल शाहले तनहुँ प्रहरीमा पुगेर आत्मसमर्पण गरेका छन् । जिप्रका तनहुँको प्रहरीले उनले आज आत्मसमर्पण गरेको पुष्टि गरेको हो ।

पलविरुद्ध जिप्रका तनहुँमा नाबालिगमाथि जबर्जस्ती करणीको जाहेरी परेको थियो । जाहेरी परेयता उनी फरार बनेका थिए । आज उनले आफैं प्रहरीमा उपस्थित हुने भन्दै फेसबुकमा स्टाटस हालेका थिए ।

स्रोतकाअनुसार पलले आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गरेका थिए । काठमाडौंमा युट्यूवरले तमासा गर्ने भएकाले पलले जाहेरीस्थल जिप्रका तनहुँमै आत्मुार्पण गर्न चाहेको स्रोतको जनाएको थियो ।