नेवारी सिनेमा ‘कर्म’ शनिवारबाट गुण हलमा रिलिज

नेवारी सिनेमा ‘कर्म’ शनिवारबाट गुण हलमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बौद्ध कथामा आधारित नेपाल भाषाको सिनेमा ‘कर्म’ शनिबारबाट गुण सिनेमा हल, ग्वार्काेमा प्रदर्शन थालिएको छ । रामकृष्ण खड्गीको पटकथा,सम्वाद तथा निर्देशन रहेको सिनेमाको निर्माता दिजेन्द्र शाक्य हुन् ।

गुण समूहले निर्माण गरेको सिनेमामा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, कर्मा शाक्य, आशिष्मा नकर्मी, नारायणदेवी प्रधान, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, लुनिभा तुलाधर, वत्स शाक्य, रजनी खड्गी, अन्नपूर्णेश्वरी श्रेष्ठ, रुमन जोशी, अजय श्रेष्ठ, सुशील शाक्य, राजु मानन्धर, पुरन सायमीलगायतको अभिनय रहेको छ ।

पहिलो दिनको विशेष शोमा अभिनेता कर्मा शाक्य, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, निर्माता छबिराज ओझालगायतका उपस्थित थिए । निर्माता दिजेन्द्रले सिनेमाले गर्ने सम्पूर्ण आम्दानी बौद्ध बिहारहरुको जिर्णाेद्धार, संरक्षण तथा सम्बद्र्धनमा लगाइनुका साथै बिभिन्न समाजीक संस्थालाई प्रदान गरिने जानकारी दिए । निर्देशक रामकृष्णले सिनेमा अब निरन्तर एक महिना गुण सिनेमा प्रदर्शन हुने बताए ।

यही समूहले यसअघि पनि बौद्ध कथामा ‘पटाचारा’ र ‘कृषा गौतमी’ सिनेमा निर्माण गरेको थियो । दुवै सिनेमाको आम्दानी सामाजीक कार्यमा लगाइएको थियोे । लुःज सिंहको छायांकन रहेको ‘कर्म’का सह-निर्माता दिप्रश शाक्य हुन् । रामकृष्ण, बालकृष्ण र राजु तुलाधरको संगीत रहेको सिनेमाको सम्पादन र पाश्र्व संगीत सृजना बालकृष्ण बंशीले दिएका छन् ।