शनिबार ‘म यस्तो गीत गाउँछु २’को बम्पर व्यापार

शनिबार ‘म यस्तो गीत गाउँछु २’को बम्पर व्यापार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार रिलिज भएको निर्देशक सुदर्शन थापा निर्देशित सिनेमा ‘म यस्तो गीत गाउँछु २’ले दर्शकलाई कोरोना महामारी पश्चात फेरि हलसम्म फर्काएको छ । शुक्रबार करिब ६० प्रतिशतको अकुपेन्सीमा व्यापार गरेको सिनेमाले शनिबार बक्स अफिसमा आक्रामक व्यापार गरेको छ ।

कोरोना महामारीपछि बक्स अफिसमा सुरुवाती आक्रामक व्यापार गर्ने सिनेमा ‘म यस्तो गीत गाउँछु २’ बनेको छ । शनिबार देशभरका सिंगल तथा मल्टिप्लेक्स हलमा सिनेमाले आक्रामक व्यापार गरेको वितरक करण क्रेजी र नरेन्द्र महर्जनले जानकारी दिए । शनिबार काठमाडौंका सिंगल तथा मल्टिप्लेक्स हलमा पनि दर्शकको भीड अत्याधिक देखिएको थियो ।

काठमाडौंका अष्टनारायण, क्यूएफएक्स, बीग मुभिज, वान सिनेमाज, विएसआर लगायतका हलमा दर्शकको उच्च चाप देखियो । यता, काठमाडौं बाहिरका चितवन, पोखरा, नेपालगञ्ज, विर्तामोड, दमक लगायतका स्थानमा पनि सिनेमाले बम्पर कारोबार गरेको छ । काठमाडौंका हल संचालकले दक्षिण भारतीय सिनेमा ‘पुष्पा’ र हलिउड सिनेमा ‘स्पाइडर म्यान’पछि दर्शकको उच्च चाप ‘म यस्तो गीत गाउँछु २’मा देखिएको बताए ।

सुदर्शन थापा निर्देशित सिनेमालाई पूजा शर्मा र निर्देशक थापाले मिलेर निर्माण गरेका हुन् । ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारको अभिनय छ । निर्देशक थापाको कथालाई शिवम अधिकारी र दिनेश न्यौपानेले पटकथा तथा संवादमा ढालेका छन् ।

सिनेमाका सह-निर्माता जन्मजय साम्पाङ्ग राई हुन् । बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर रहेको छ ।