बिक्रम र दीपिका अभिनित ‘हेल्लो जिन्दगी’को ट्रेलर रिलिज

बिक्रम र दीपिका अभिनित ‘हेल्लो जिन्दगी’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत्र ११ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक गरिएको छ । एभरेष्ट सुर्य बोहरा निर्देशित सिनेमा बलिउडको बहुप्रतिक्षित सिनेमा ‘आरआरआर’सँग बक्सअफिसमा प्रतिस्पर्धा गर्नु पर्नेछ ।

यो मितिमा बलिउडको बहुप्रतिक्षित सिनेमा ‘आरआरआर’ रिलिज हुने भएपछि ‘हेल्लो जिन्दगी’ पोस्टपोण्ड हुने अनुमान धेरैको थियो । तर, सिनेमा निकै राम्रो बनेको र रियल स्टोरीमा बेस्ड पनि चैत्र ११ गतेबाट नै नेपालका सिनेमा घरमा रिलिज गरिने निर्देशक बोहराले बताए । अब हामी जुन मितिमा जाँदा पनि कुनै न कुनै बलिउड वा हलिउडको सिनेमासँग जुध्नै पर्ने बाध्यता रहेकाले सिनेमा घोषित मिति मै रिलिज गर्ने तयारी गरेका हौं ।

वीरञ्जना इन्टरटेनमेन्टको प्रस्तुतीमा महारानी इन्टरटेनमेन्ट युके र एभरेष्ट सुर्य बोहरा फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा विक्रम डी जोशी र दीपिका प्रसाईको मुख्य भुमिका छ । सिनेमामा प्रियंका कार्की, विक्रान्त वस्नेत विल्सन विक्रम राई, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

हिराल जोशी र विक्रम डी जोशीले निर्माण गरेको सिनेमाकी कार्यकारी निर्मातामा सिर्जना जोशी महर्जन हुन् । निर्देशक बोहरा र अभिनेता जोशीको कथा रहेको सिनेमाको पटकथा र संवाद लेखनमा निर्देशक बोहरालाई अभिमन्यू निरवीले साघाएका छन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको सिनेमामा मित्र डी गुरुङको सम्पादन छ ।

सामाजिक कथा समेटिएको ‘हेल्लो जिन्दगी’को बेलायत र नेपालमा छायांकन गरिएको हो । निर्देशक बोहराकै शब्द रहेको सिनेमाका गीतमा राजनराज सिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल, प्रताप दास, प्रविशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालले सिनेमाका गीतमा स्वर दिएका छन् ।