‘म यस्तो गीत गाउँछु २’को गीत ‘पिडा भएनी खुशी भएनी’ (भिडियो)

‘म यस्तो गीत गाउँछु २’को गीत ‘पिडा भएनी खुशी भएनी’ (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदर्शनरत सिनेमा ‘म यस्तो गीत गाउँछु २’को नयाँ गीत रिलिज गरिएको छ । सार्वजनिक गीत सिनेमाका मुख्य अभिनेता पल शाहको जीवनसँग मिल्दो जुल्दो देखिएको छ । सोमवार निर्माण टिमले सार्वजनिक गरेको सिनेमाको गीतमा पललाई प्रहरीले हतकडी लगाएको दृश्य समावेश गरिएको छ ।

‘पीडा भएनी खुसी भएनी’ बोलको गीतको भिडियोमा पूजा शर्मा गायिकाको रुपमा स्टेजमा गाइरहेकी छन् भने पल हतकडीसहित प्रहरीको साथमा उनको कन्सर्ट हेर्न पुगेका छन् । तर, प्रहरीले ‘समय सकियो’ भन्दै पललाई पूरा गीत सुन्न नदिँदै जेल लैजान्छ । दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा अञ्जु पन्तको स्वर छ ।

गीतको अडियो अत्यन्त मनछुने र बलियो छ । सिनेमामा यो गीतले विशेष महत्त्व राखेको छ । कथावाचनको रुपमा प्रयोग गरिएको गीतले सिनेमा हेरिरहँदा दर्शकका आँखा समेत रसाउँछ । सुदर्शन थापा निर्देशित सिनेमामा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारको अभिनय छ ।

सिनेमालाई पूजा शर्मा र निर्देशक सुदर्शन थापाले मिलेर निर्माण गरेका हुन् । ‘म यस्तो गीत गाउँछु २’ मा निर्देशक थापाको कथालाई शिवम अधिकारी र दिनेश न्यौपानेले पटकथा तथा संवादमा ढालेका छन् । सिनेमाका सह निर्माता जन्मजय साम्पाङ्ग राई हुन् । बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर रहेको छ ।