भाद्र २४ मा ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति घोषणा

भाद्र २४ मा ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुवर्ण थापा निर्देशित सिनेमा ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा आगामी भाद्र २४ गतेबाट देशभरका सिनेमा घरमा रिलिज गरिनेछ ।

दोस्रो लकडाउनअघि पालुङ आसपासमा छायांकन भएको सिनेमामा सौगात र सृष्टिका अलावा खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ ।

सिनेमामा दयाहाङ राई र निश्चल बस्नेतलाई पनि विशेष भूमिकामा देख्न पाइने निर्माण टिमको जनाएको छ । यो सिनेमालाई निर्देशक थापासँग मिलेर सौगातले निर्माण गरेका हुन् ।

आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटा संगीत छ ।