पोस्टपोन्ड भयो ‘कबड्डी ४’, अब जेष्ठ १३ मा रिलिज हुने

पोस्टपोन्ड भयो ‘कबड्डी ४’, अब जेष्ठ १३ मा रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी ४ : द फाइन म्याच’को रिलिज पोस्टपोन्ड गरिएको छ । यसअघि बैशाख २३ गते रिलिज तयारीमा रहेको सिनेमा अब जेष्ठ १३ गतेबाट प्रदर्शन हुनेछ ।

निर्माण टिमले बुधबार एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको रिलिज पोस्टपोन्ड भएको जानकारी दिएको छ । सिनेमाको सार्वजनिक पोस्टरमा मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, मिरुना मगरलाई फिचर्ड गरिएको छ ।

बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको सिनेमामा गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको पनि अभिनय छ ।

सिनेमामा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । सिनेमाको टिजरमा दयाहाङ राई र मिरुना मगरको प्रेममा सौगात मल्लको प्रवेशलाई रोचक तरिकाले प्रस्तुत गरिएको छ ।

सिनेमाका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् । ‘कबड्डी’का अघिल्ला तीन सिरिज बक्सअफिसमा ब्लकबस्टर सावित भएका थिए ।