शाहरुखको कमव्याक ‘पठान’को रिलिज मिति घोषणा

शाहरुखको कमव्याक ‘पठान’को रिलिज मिति घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता शाहरुख खानको कमव्याक सिनेमा ‘पठान’को रिलिज मिति घोषणा गरिएको छ । यो सिनेमा अर्को वर्षको २५ जनवरीबाट विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ । बुधबार सिनेमा निर्माण टिमले एक टिजर भिडियो रिलिज गर्दै रिलिज मिति घोषणा गरेको हो ।

सिनेमाको सार्वजनिक टिजरमा मुख्य कलाकारको रुपमा जोन अब्राहम र दीपिका पादुकोणलाई देखाइएको छ । सिनेमामा अझैपनि शाहरुखको लुक्स सार्वजनिक गरिएको छैन् । यशराज फिल्मस्को व्यानरमा निर्माण गरिएको सिनेमालाई सिद्धार्थ आनन्दले निर्देशन गरेका छन् । उनले वारपछि निर्देशन गरेको सिनेमा दर्शकमाझ निकै प्रतिक्षि बनिसकेको छ ।

आदित्य चोपडाले निर्माण गरेको सिनेमालाई शाहरुखको सफल कमव्याकको रुपमा हेरिएको छ । यही मितिमा जोन अब्राहमको मुख्य भुमिका रहेको सिनेमा ‘तेहरान’को रिलिज घोषणा गरिएको छ । अब अर्को वर्षको २५ जनवरी जोन भर्सेस जोन बन्ने भएको छ ।