सलमान र कट्रिनाको ‘टाइगर ३’ रिलिज मिति घोषणा

सलमान र कट्रिनाको ‘टाइगर ३’ रिलिज मिति घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अभिनित सिनेमा ‘टाइगर ३’ को रिलिज मिति घोषणा गरिएको छ । एक अनाउन्समेन्ट भिडियो रिलिज गर्दैै सिनेमाको प्रदर्शन मिति घोषण गरिएको हो ।

सिनेमा अर्को वर्षको इद अर्थात २०२३ को अप्रिल २१ बट विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ । मनिष शर्माले निर्देशन गरेको सिनेमालाई आदित्य चोपडाले निर्माण गरेका हुन् । यो यशराज फिल्मस्को सर्वाधि सफल सिनेमाको सिक्वेल हो ।

सिनेमा अघिल्ला दुई सिक्वेल बक्सअफिसमा सुपरहिट भएका थिए । ‘एक था टाइगर र टाइगर जिन्दा है’ले बक्सअफिसमा धमाल मच्चाएका थिए । त्यसैले पनि निर्माण टिमले ‘टाइगर ३’ बाट निकै अपेक्षा राखेको छ । इमरान हासमीको पनि मुख्य भुमिका रहने सिनेमालाई हिन्दीका अलवा तामिल तथा तेलुगुमा समेत रिलिज गरिनेछ ।