साइबर व्युरोमा युट्युबमा गालीगलौज गर्नेविरुद्ध रेखाको उजुरी

साइबर व्युरोमा युट्युबमा गालीगलौज गर्नेविरुद्ध रेखाको उजुरी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – समाजिक सञ्जाल तथा युट्युबमा तथानाम गाली गलौज गरेको भन्दै अभिनेत्री रेखा थापाले प्रहरीमा उजुरी दिएकी छन् । नेपाल प्रहरीको साइबर ब्युरोले अभिनेत्री थापाको निवेदन आएको र हाल निवेदनको षियमा अध्ययन गरिरहेको जनाएको छ ।

अभिनेत्री थापाले युट्युबमा आफुलाई गाली बेइज्जती र मानमर्दन गर्ने शर्मिला वाइबाविरुद्ध विद्युतीय माध्यम अन्तर्गत उजुरी दर्ता गराएको जानकारी दिएको छ । केहीदिन अघि अभिनेत्री थापाले नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा तनहुँमा दैनिकजसो प्रदर्शन हुन थालेपछि बालिकाको संरक्षण हुनुपर्ने धारणा फेसबुकमार्फत् व्यक्त गरेकी थिइन् ।

रेखाले सार्वजनिक टिप्पणी गरेपछि युट्युबमा उनीविरूद्ध घृणा फैलाउने अभिव्यक्तिहरू सार्वजनिक भैरहेका छन् । जसको कानुनी उपचारका लागी अभिनेत्री थापा नेपाल प्रहरीको साइबर व्युरो पुगेकी हुन् ।