बेनिशा र तेजको ‘प्रेमगञ्ज’ भाद्र ३ मा रिलिज घोषणा

बेनिशा र तेजको ‘प्रेमगञ्ज’ भाद्र ३ मा रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘प्रेमगञ्ज’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमा क्षेत्रका बिभिन्न व्यक्तिहरुको शुभकामना सहित आगामी वर्षको भाद्र ३ गतेबाट सिनेमा प्रदर्शनमा आउने घोषणा गरिएको हो ।

निर्माण टिमले सार्वजनिक गरेको भिडियो नीर शाह, बिकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के खनाल लगायतका ब्यत्तिले सिनेमालाई दिएको शुभकामना सहित प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले सिनेमाको प्रदर्शन मिति घोषणामा केही फरक पन दिएको जनाएको छ ।

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको सिनेमाबाट तेज गिरीले डेब्यु गर्दैछन् । तेज पेसाले बैंकर हुन् । तेज र बेनिशाबाहेक सिनेमामा सम्पदा बानियाँ पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का लगायतका कलाकारको अभिनय रहेको छ । सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । सिनेमामा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय रहेको छ ।

राजु फुयालको प्रस्तुति रहेको सिनेमा चलचित्र चौतारीको ब्यानरमा निर्माण गरिएको हो । सिनेमाका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको सिनेमा बजेट डेढ करोड दाबी गरिएको छ । सिनेमाको केही समय अघि सार्वजनिक पोस्टरले दर्शकमाझ कौतुहल्ता जगाउन सफल छ ।