पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नाबालिग बलात्कार मुद्दामा पक्राउ परेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला प्रकरी कार्यलय तनहुँले आइतबार म्याद थपका लागि जिल्ला अलालतमा पेश गरेको थियो ।

अनुसन्धान नसकिएका कारण थप १२ दिन हिरासतमा राख्न अनुमति लिइएको प्रहरीका अनुसार जनाइएको छ । ११ फागुनमा एक बालिकाले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । त्यसपछि १५ फागुनमा उनी आफैं प्रहरीसमक्ष पुगेका थिए ।

अनुसन्धानका लागि पहिले ७ दिन थुनामा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएपछि पुनः १२ दिन म्याद लिएको हो । भोलीबाट अदालतमा उनको बयान सुरु हुने बताइएको छ । नाबालिग गायिकाले आफूमाथि शाहले विभिन्न स्थानमा पटक-पटक करणी गरेको भन्दै जाहेरी दिएकी छन् ।