अनमोल र सुहाना फिचर्ड ‘ए मेरो हजुर ४’ को गीत ‘सुन्तला’ रिलिज

अनमोल र सुहाना फिचर्ड ‘ए मेरो हजुर ४’ को गीत ‘सुन्तला’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख १ गते नयाँ वर्षको अवसरमा रिलिज हुने सिनेमा ‘ए मेरो हजुर ४’को दोस्रो गीत रिलिज गरिएको छ । ‘सुन्तला’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार अनमोल केसी र सुहाना थापालाई फिचर्ड गरिएको छ ।

सार्वजनिक गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत र मेलिना राई र निशान भट्टराईले स्वर भरेका छन् । गीलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन् । लोक लयमा तयार पारिएको गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् । गीतको अडियो र भिडियो निकै उच्च क्यालिटीमा निर्माण भएको देख्न सकिन्छ ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । सिनेमाको कथा निर्देशक झरना थापाले लेखेकी हुन् । पटकथा र संवादमा उनलाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । सिनेमामा सलोन बस्नेतको पनि अभिनय रहेको छ ।