पल शाहलाई अनुसन्धानका लागि गैंडाकोट ल्याइयो

पल शाहलाई अनुसन्धानका लागि गैंडाकोट ल्याइयो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पल शाहलाई जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट थप अनुसन्धानका लागि पूर्वी नवलपरासी र्पुयाइएको छ ।

मंगलबार बिहान सुरक्षाका साथ शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट र्पुयाइएको हो । जबर्जस्ती करणी र दुव्र्यवहारको मुद्दामा तनहुँ प्रहरीले शाहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ९ दिनदेखि पल शाह तनुहँ प्रहरीको हिरासतमा थिए । फागुन १५ गते बिहान पीडित किशोरी र उनका बुबा इलाका प्रहरी कार्यालय गैडाकोट पुगेर उजुरी दर्ता गराएका थिए ।

सोही प्रकृतिको घटनाको अनुसन्धान गर्न आज गैडाकोट ल्याएको इलाका प्रहरी कार्यालय गैंडाकोट प्रहरी निरिक्षक लक्ष्मी पाण्डेले बताइन् । ‘बयान तथ अन्य अनुसन्धानका लागि अहिले पल शाह हाम्रो नियन्त्रणमा हुनुहुन्छ,’ प्रहरी निरीक्षक पाण्डेले भनिन् ।

शाह केही दिन गैडाकोट प्रहरीको हिरासतमा नै रहनेछन् । अनुसन्धान र बयान सकिएपछि मात्र शाहलाई फेरि तनहुँ प्रहरीलाई बुझाइने छ । २०७७ चैत ७ गते शाहले सुटिङको क्रममा गैडाकोट रिसोर्टमा जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको छ ।