आँचलको ‘वर एण्ड वधु’मा विवेक अनुवन्धित

आँचलको ‘वर एण्ड वधु’मा विवेक अनुवन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण हुने सिनेमा ‘वर एण्ड वधु’को मुख्य अभिनेता फाइनल गरिएको छ । यो सिनेमाबाट विवेक कर्माचार्यले नेपाली सिनेमामा डेव्यु गर्दैछन् । सिनेमा केही समयमै छायांकन सुरु हुँदैछ ।

सिनेमामा विवेकले अभिनेत्री आँचल शर्मासँग अनस्क्रिन रोमान्स गर्नेछन् । सिनेमामा वधुको भुमिकामा आँचल केही समय पहिले नै फाइनल भैसकेकी थिइन् । सिनेमामा विवेक आँचलको वर बन्ने छन् । लामो समयदेखि उनले यो सिनेमाको लागी तयारी गरिरहेका थिए ।

विवेकले माला आर्टस एकेडेमीबाट अभिनयमा स्नातक गरेका हुन् । एल आर के इन्टरटेन्मेन्टकोे ब्यानरमा निर्माण हुन लागेको सिनेमालाई कमेडी र लभ स्टोेरी कथामा निर्माण गरिदैछ । सिनेमाको कथा प्रदी भारद्धाजले लेखेका हुन् । अभिनेत्री शर्माले यही सिनेमाको लागि आफ्नोे तौैल पनि घटाएकी छिन् ।

फरक कथामा बन्न लागेको सिनेमाका कारण आफू उत्साहित भएको आँचलकोे बताएकी छन् । नेपाली सिनेमामा अभिनेताकोे अभाव भैरहेको समयमा विवेकले राम्रो संभावना देखाउने विश्वास मिलनको छ ।