जीवन शाही निर्देशित ‘स्त्री’ मंसिर ११ गतेबाट प्रदर्शनमा आउने

जीवन शाही निर्देशित ‘स्त्री’ मंसिर ११ गतेबाट प्रदर्शनमा आउने

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । जीवन शाहीको निर्देशनमा निर्माण भएको सिनेमा ‘स्त्री’को निर्माण सम्पन्न भएसँगै प्रदर्शन मिति घोषणा गरिएको छ । यसको निर्माणपक्षले आज एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

सिनेमालाई मंसिरको ११ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा निर्माणपक्षले गरेको छ । समीर राइको निर्माणमा तयार भएको सिनेमाको पोष्टर टौवा क्रियशनले तयार पारेको हो । यो सिनेमाको पोष्टरमा सिनेमाका अधिकांश कलाकारहरुको फरक-फरक अवतार देख्न सकिन्छ ।

सिनेमामा दीपाश्री निरौला, प्रमोद अग्रहरि, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत र दिनेश डीसी, सुरविर पण्डित, नरेन्द्र थापा, देव सरकार, रश्मी भट्ट, अस्मिता बस्नेत, काजल कर्ण, अन्जु सुनार, रामबाबु हुमागाँई, कल्पना श्रेष्ठ, समीर लामा लगायतका कलाकारको अभिनय छ । सार्वजनिक पोष्टरमा कलाकारको आ-आफ्नै खालको मुड देख्न सकिन्छ । पोष्टरको पृष्ठभूमीमा रातो रंग प्रयोग गरिएको छ ।

यसले, पनि सिनेमा सस्पेन्स थ्रीलर कथामा निर्माण भएको अनुमान लगाउन सकिन्छ । सिनेमामा रामशरण उप्रेतीको डीओपी, बाबुल गिरीको संगीत, देव महर्जन र शंकर महर्जनको एक्सन, बन्दे प्रसादको सम्पादन, एलिस कार्कीको बीजीएम छ । यो सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले नेपालमा वितरण गर्नेछन् ।