फर्स्टलुक पोस्टरसहित ‘परदेशी २’को रिलिज मिति घोषणा

फर्स्टलुक पोस्टरसहित ‘परदेशी २’को रिलिज मिति घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नारायण रायमाझी निर्देशित सिनेमा ‘परदेशी २’को फर्स्टलुक पोस्टरसहित रिलिज मिति घोषणा गरिएको छ । सिनेमा आगामी वर्षको दशैंमा रिलिज हुनेछ । यही सिनेमा गायक प्रकाश सपुत अभिनेताको रुपमा नेपाली सिनेमामा डेव्यु गर्दैछन् ।

नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले सिनेमालाई निर्माण गरेका हुन् । फर्स्टलुक पोस्टरमा सिनेमाका मुख्य कलाकार प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा सिवाकोटीलाई प्रस्तुत गरिएको छ । रमेश बीजीको कथा रहेको सिनेमामा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देबेन्द्र बब्लु लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

‘विगतका सिनेमामा देखिएका तर दर्शकको मायाले छोपिएका प्राविधिक, सांगीतिक लगायतका कमीकमजोरीलाई समेत यो सिनेमामा मसिनोगरी केलाउन पाएका छौं,’ निर्देशक रायमाझीले भने, ‘त्यसैले विगतका दुई सिुनेमाको दाँजोमा ‘परदेशी २’ अझै राम्रो र नेपाली दर्शकले आत्मसाथ गर्ने बनेको छ ।’

‘परदेशीले चाडपर्वमा आफ्नो गाउँ, परिवारलाई अझ बढी सम्झन्छन् । सिनेमामा परदेशीकै कथा-व्यथा समेटिएकाले प्रदर्शनका लागि दशैंलाई रोज्नुपरेको हो,’ निर्माता राजेश वंशलले बताए । ‘गोर्खापल्टन’ र ‘परदेशी’पछि नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा ‘परदेशी २’ निर्माण गरिएको हो ।

सिनेमामा बीबी अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । सुदीप कुँवरको सहनिर्देशन रहेको सिनेमामा अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायांकन र दीर्घ खड्काको सम्पादन छ ।