anmol jasita

‘हेल्लो जिन्दगी’को गीत ‘कता कता’मा रोमान्टिक बिक्रम र दीपिका

‘हेल्लो जिन्दगी’को गीत ‘कता कता’मा रोमान्टिक बिक्रम र दीपिका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एभरेष्ट सुर्य बोहरा निर्देशित सिनेमा ‘हेल्लो जिन्दगी’को पहिलो गीत रिलिज गरिएको छ । ‘कता कता’बोलको गीतमा सिनेमाका मुख्य कलाकार बिक्रम जोशी र दीपिका प्रसाईलाई फिचर्ड गरिएको छ । गीतको भिडियो बेलायतका रमणीय स्थानमा खिचिएको छ ।

निर्देशक बोहराकै शब्द रचना रहेको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर छ । सार्वजनिक गीतको संगीत एलिस कार्कीले तयार पारेका हुन् । विष्णु देवाको कोरियोग्राफी तथा सम्पादन रहेको गीतको भिडियो मेकिङ उच्च देखिन्छ । गीतको भिडियो अरुण प्रसाद अलवर्टले खिचेका हुन् ।

वीरञ्जना इन्टरटेनमेन्टको प्रस्तुतीमा महारानी इन्टरटेनमेन्ट युके र एभरेष्ट सुर्य बोहरा फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा विक्रम डी जोशी र दीपिका प्रसाईको मुख्य भुमिका छ । सिनेमामा प्रियंका कार्की, विक्रान्त वस्नेत विल्सन विक्रम राई, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

हिराल जोशी र विक्रम जोशीले निर्माण गरेको सिनेमाकी कार्यकारी निर्मातामा सिर्जना जोशी महर्जन हुन् । निर्देशक बोहरा र अभिनेता जोशीको कथा रहेको सिनेमाको पटकथा र संवाद लेखनमा निर्देशक बोहरालाई अभिमन्यू निरवीले साघाएका छन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको सिनेमामा मित्र डी गुरुङको सम्पादन छ ।

सविता गुरुङ सह-निर्माता रहेको सामाजिक कथामा निर्माण गरिएको ‘हेल्लो जिन्दगी’को बेलायत र नेपालमा छायांकन गरिएको हो । सिनेमाका गीतमा राजनराज सिवाकोटी संगीत छ । प्रमोद खरेल, एड्रिन प्रधान र रजिना रिमालले सिनेमाका गीतमा स्वर दिएका छन् ।