‘म यस्तो गीत गाउँछु २’को ‘चुपचाप जिन्दगी’को भिडियो रिलिज

‘म यस्तो गीत गाउँछु २’को ‘चुपचाप जिन्दगी’को भिडियो रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सफलता पुर्वक प्रदर्शन भैरहेको सिनेमा ‘म यस्तो गीत गाउँछु २’को ‘चुपचाप जिन्दगी’ बोलको गीत रिलिज गरिएको छ । पहिलो हप्तामा ५ करोड नजिक व्यापार गरेको सिनेमाले दोस्रो सातामा पनि दर्शकको राम्रो साथ पाइरहेको छ ।

सिनेमा रिलिज पश्चात निर्देशक सुदर्शन थापा र अभिनेत्री पुजा शर्मा दर्शक प्रतिक्रिया बुझ्न देश दौडाहामा छन् । सिनेमाको निर्माण टिम मंगलबार मात्रै नेपालगञ्ज र बर्दिया पुगरे दर्शकसँग साक्षत्कार गुर्नका साथै विभिन्न मेला तथा महोत्सवमा समेत पुगेर सिनेमाको प्रचार गरिरहेको छ ।

बुधबार इन्टरनेटमा रिलिज गरिएको गीतको लिरिकल भिडियो यसअघि नै सार्वजनिक गरिएको थियो । स्टोरी टेलिङ्गको रुपमा समावेश गरिएको गीतको भिडियो सिनेमाको कथा खुल्न डरले बल्ल रिलिज गरिएको निर्माण टिमले जानकारी दिएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अस्मिता अधिकारी र सुरेश लामाको स्वर छ ।

सुदर्शन थापाले निर्देशन गर्ने सिनेमामा गीत-संगीतलाई विशेष प्राथमिकता दिने गरेको पाइन्छ । दर्शकको नाडी छामेर मनछुने प्रेमकथा पस्किन माहिर मानिने सुदर्शनले गीत छनोट गर्ने मामलामा निकै ध्यान दिने गरेका छन् । सिनेमालाई पूजा शर्मा र सुदर्शन थापाले मिलेर निर्माण गरेका हुन् ।

‘म यस्तो गीत गाउँछु २’ मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारको अभिनय छ । निर्देशक थापाको कथालाई शिवम अधिकारी र दिनेश न्यौपानेले पटकथा तथा संवादमा ढालेका छन् ।

सिनेमाका सह-निर्माता जन्मजय साम्पाङ्ग राई हुन् । बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर रहेको छ ।