‘कबड्डी ४’को ‘केशरी’मा रुचाइयो सौगात र मिरुनको केमेष्ट्रि

‘कबड्डी ४’को ‘केशरी’मा रुचाइयो सौगात र मिरुनको केमेष्ट्रि

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी जेष्ठ १३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘कबड्डी : द फाइनल म्याच’ प्रचार सामाग्री सार्वजनिक हुन थालेका छन् । केहीदिन अघि सार्वजनिक सिनेमाको पहिलो गीत केशरीले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र मिरुना मगरलाई फिचर्ड गरिएको छ । गीत सार्वजनिक भएपछि अधिकांश दर्शकले अभिनेता दयाहाङ राईलाई खोजेका छन् । भने, अभिनेता मल्ल र मिरुनाको केमेष्ट्रि निकै मिलेको प्रतिक्रिया दिएका छन् । राधा र कृष्णको भुमिकामा सिनेमाको गीतमा सौगात र मिरुनालाई प्रस्तुत गरिएको छ ।

गीतको अन्तिममा मिरुनालाई अभिनेता दयाहाङ राईसँग गाडीमा जाँदै गरेका देख्न सकिन्छ । सिनेमाको सार्वजनिक गीतले युट्युबमा तीन दिनमै १२ लाख बढि भ्युज, ६३ हजार लाइक र २ हजार बढि कमेन्ट बटुलेको छ । दर्शकले सिनेमाको गीतमा प्रशंसाको ओइरो लगाएका छन् । साथै सिनेमा हेर्न उत्साहित रहेको प्रतिक्रिया बढि देख्न पाइन्छ ।

सार्वजनिक गीतमा एसडी योगीको संगीत तथा स्वर र राम अविरल बिष्टको शब्द रचाना रहेको छ । गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको पनि अभिनय छ ।

सिनेमामा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । सिनेमाका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् ।

सुष्मा प्रोडक्सन ग्लोबलको युट्युब च्यानलबाट रिलिज गरिएको हो । ‘कबड्डी’का अघिल्ला तीन सिरिज बक्सअफिसमा ब्लकबस्टर सावित भएका थिए ।