‘सुन्तला’मा रुचाइयो अनमोल र सुहानाको डान्स स्टेप

‘सुन्तला’मा रुचाइयो अनमोल र सुहानाको डान्स स्टेप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंगलबार सार्वजनिक गरिएको ‘ए मेरो हजुर ४’को ‘सुन्तला’ गीतले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । लोक लयमा तयार पारिएको गीतमा अनमोल र सुहानाले गरेको डान्स स्टेपको तारिफ धेरै भैरहेको छ । अनमोललाई आजसम्म कै राम्रो नचाउने कोरियोग्राफरको रुपमा कविराज गहतराजको पनि उत्तिकै चर्चा भैरहेको छ ।

‘सुन्तला’ गीत अहिले युट्युब टन्डिङको चौथो स्थानमा छ । हालसम्म गीतमा ९ लाख ६० हजार बढि भ्युज, ५८ हजार लाइक र २ हजार बढि कमेन्ट मिलेको छ । कमेन्टमा अधिकांश दर्शकले सिनेमा हेर्न निकै प्रतिक्षा गरेको र अनमोल र सुहानाको केमेष्ट्रि निकै जमेको उल्लेख गरेका छन् । आगामी दिनमा पनि थुप्रै सिनेमामा अनमोल र सुहानाको जोडी हेर्न चाहाने दर्शक प्रतिक्रिया पाि उल्लेख्य मात्रमा कमेन्ट बक्समा भेटिन्छन् ।

सिनेमा आगामी बैशाख १ गतेबाट नयाँ वर्षको अवसरमा प्रदर्शनमा आउनेछ । सार्वजनिक गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत र मेलिना राई र निशान भट्टराईले स्वर भरेका छन् । गीलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन् । गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् । गीतको अडियो र भिडियो निकै उच्च क्यालिटीमा निर्माण भएको देख्न सकिन्छ ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । सिनेमाको कथा निर्देशक झरना थापाले लेखेकी हुन् । पटकथा र संवादमा उनलाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । सिनेमामा सलोन बस्नेतको पनि अभिनय रहेको छ ।