‘हिजोआजका कुरा’को असोज २८ गते रिलिज घोषणा

‘हिजोआजका कुरा’को असोज २८ गते रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीका कारण निर्माण सकेर पनि लामो समयदेखि अड्किएर बसेको सिनेमा ‘हिजोआजका कुरा’को रिलिज मिति घोषणा गरिएको छ । सिनेमा आगामी वर्षको असोज २८ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

यसअघि २०७७ वैशाख १२ गतेलाई प्रदर्शन मिति तोकेको सिनेमा कोरोना महामारीका कारण सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि स्थगित गरिएको थियो । आइतबार सिनेमाको निर्माण पक्ष र वितरकको बैठकले सिनेमाको प्रदर्शन मिति घोषणा गरेको हो । टेलिभिजनमा सफल शृंखलाको नामबाट साकार पन्तले निर्देशनमा डेब्यु गर्दैछन् ।

सिनेमामा सन्तोष पन्त र रमा थपलियाको प्रमुख भूमिका रहनेछ । काठमाडौं र चितवनमा छायाँकन गरिएको सिनेमामा ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, जेविका कार्की, रमेश अधिकारी र सविन शाक्यलगायतका कलाकारको पनि अभिनय रहनेछ । यही सिनेमाबाट विनायक कुइकेल र अनुष्का अधिकारीले डेब्यु गर्दैछन् ।

पन्त फिल्मस प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा निर्देशक साकार र कलाकार सन्तोष पन्तको कथा, सन्दीप किस्नाको पटकथा, रवि सायमीको छायाँकन र हर्कुलस बस्नेतको संगीत रहनेछ । सिनेमाको सह-निर्मातामा अशोक घिमिरे छन् ।