जेष्ठ २७ मा ऋचा शर्माको ‘कौसीद’ रिलिज घोषणा

जेष्ठ २७ मा ऋचा शर्माको ‘कौसीद’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री ऋचा शर्मा अभिनित सिनेमा ‘कौसीद’को अफिसियल पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको छ । सिनेमा आगामी जेष्ठ २७ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ । सार्वजनिक पोस्टरमा अभिनेत्री शर्माले पैसालाई अँगालेको चरित्रमा प्रस्तुत गरिएको छ । पोस्टरअनुसार कथावस्तु पैसाकै वरपर केन्द्रित रहेको बुझ्न सकिन्छ ।

कोभिड महामारीबीच सिनेमाको छायांकनसँगै पोस्ट प्रोडक्सनको सवै काम सकाएर प्रदर्शन मिति सार्वजनिक गरिएको निर्देशक कुमार भाष्करले बताए । ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ आधारित कथामा बनेको सिनेमाले पिँजडामा परेको जीवनको उन्मुक्तिको संघर्ष भाव चित्रण गर्छ ।

सिनेमामा भोला र ऋचाका अलवा रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भूमिकामा छन् । सिनेमाको निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सहनिर्मातामा लक्ष्मण बानियाँ छन् ।

बर्ड पिक्चर्सको ब्यानरमा सिनेमा निर्माण भएको हो । निर्देशक भाष्करकै पटकथामा बनेको सिनेमाको कथा लेखनमा नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले सघाएका छन् । निसाल पौडेलले छायाँकन गरेको सिनेमामा मित्र गुरुङ र भीम विश्वकर्माको सम्पादन छ ।