द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीका कारण रिलिज स्थगित भएको सिनेमा ‘कृष्णलीला’को रिलिज मिति घोषणा गरिएको छ । पुष्प खड्का र श्रद्धा क्षेत्री अभिनित सिनेमा कृष्ण जन्माष्टमीको अवसर पारेर भाद्र ३ गतेबाट रिलिज हुनेछ ।
दीपक ओली निर्देशित सिनेमाको होलीको पुर्वसन्ध्यामा रिलिज मिति घोषणा गरिएको हो । यसअघि २०७७ को चैत २७ लाई मिति तय गरेपनि दोस्रो लहरको कोरोनाका कारण सिनेमा रिलिज हुन पाएको थिएन । लक्ष्मण सुवेदीको लेखन रहेको सिनेमामा पुष्प र श्रद्धाका अलवा बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नविन रेग्मीलगायतका कलाकारको अभिनय छ ।
रोहित कटेलको प्रस्तुति रहेको ‘कृष्ण लीला’का निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ रहेका छन् । रत्न श्रेष्ठको कार्यकारी निर्माण रहेको सिनेमाको सह-निर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् । सिनेमामा शिव ढकालरबाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत र अर्जुन जिसीको सम्पादन छ ।



प्रतिक्रिया