‘२ नम्बरी’मा भित्रिए सौगात, चैत्र १५ बाट छायांकन

‘२ नम्बरी’मा भित्रिए सौगात, चैत्र १५ बाट छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने सिनेमा ‘२ नम्बरी’मा सौगात मल्लको प्रवेश भएको छ । यो सिनेमा चैत्र १५ गतेबाट फ्लोरमा जाने तयारीमा छ ।

२ बर्ष अगाडि शुभसाइत गरेर छायांकन सुरु गर्दा सिनेमामा अभिनेता पल शाह मुख्य भूमिकामा थिए । तर, सिनेमाको छायांकन चलिरहँदा कोरोना महामारीका कारण काम अगाडि बढ्न सकेन । २ बर्षपछि सिनेमालाई फेरि सुरुबाट नै छायांकन गर्ने तयारी गरिएको छ ।

अभिनेता पल शाह यतिबेला नाबालिग बलत्कार आरोपमा प्रहरी हिरासतमा रहेकाले निर्माण टिमले उनको ठाउँमा अभिनेता सौगात मल्ललाई अनुवन्धित गरेको हो । सौगात मल्ल अनुवन्धित भएसँगै सिनेमाको मुख्य कलाकारको लाइनअप पुरा भएको छ ।

सिनेमामा सौगातका अलवा दयाहाङ राई, वर्षा राउत, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । सिनेमाले २ साथीको मित्रताको कथा भन्नेछ । सौगात मल्लको प्रवेशसँगै निर्माणपक्षले यसको प्रदर्शन मिति पनि घोषणा गरेको छ । सिनेमालाई आगामी बर्षको कार्तिक ४ गते तिहारको अवसरमा रिलिज गरिने प्रस्तुतकर्ता किरण नेपालीले बताए ।

सिनेमामा राजीव गुरुङ र अमला देवी राई निर्माताको रुपमा रहनेछन्, भने कार्यकारी निर्माता सरोज नेपाली हुन् । सिनेमामा हाल जयनन्द लामाको ठाउँमा अभिनय गर्ने कलाकारको खोजी भैरहेको निर्माण टिमले जनाएको छ ।