फ्राईडे रिलिज : हलमा सृष्टि र दिव्यको ‘चिसो एष्ट्रे’

फ्राईडे रिलिज : हलमा सृष्टि र दिव्यको ‘चिसो एष्ट्रे’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रवारबाट सिनेमा ‘चिसो एष्ट्रे’ प्रदर्शनमा आएको छ । ट्रेलर र गीतंगीतबाट राम्रो आश जगाएको सिनेमाले मल्टीप्लेक्सहरुमा सु्खद् शो पाएको छ । बक्सअफिसमा ‘चिसो एष्ट्रे’ सिनेमाले शुक्रवारबाटै प्रदर्शनमा आएको बलिउड सिनेमा ‘बच्चन पान्डे’ र रिलिजको एक हप्तापछि नेपाल भित्रिएको अर्को बलिउड सिनेमा ‘द कश्मीर फाइल्स’सँग प्रतिस्प्रर्धा गर्नुपरेको छ ।

मंगलवार भएको प्रिमियरमा ‘चिसो एष्ट्रे’लाई सिनेमाकर्मीले हलिउड स्तरको भन्दै प्रशंसा गरेका थिए । प्रिमियरमा सिनेमाको निर्देशकिय पाटो, कलाकारको अभिनय, छायांकन पक्ष, कथावस्तु, भिजुअल ल्याङ्वेज रुचाइएको थियो । काठमाडौंका विभिन्न गल्लीमा बस्ने पात्रको संघर्षको कथालाई उठान गरिएको ‘चिसो एष्ट्रे’ कवि भूपि शेरचनको कविताबाट प्रभावित भएर निर्माण भएको हो ।

गाउँबाट सहर आउने मानिसहरुको सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छ भन्ने कथामा आधारित रहेको सिनेमामा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको अभिनय छ । दिनेश पाल्पाली निर्देशित सिनेमामा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको ब्यानरमा निर्मित सिनेमालाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् ।

प्रवीण स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेको सिनेमाको सह-निर्मातामा रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा छन् । सिनेमामा उज्जल बस्ताकोटीको छायांकन र उज्ज्वल ढकालको सम्पादन रहेको छ । सिनेमाले दर्शकको राम्रो साथ पाउने विश्वास निर्माण टिमलाई छ ।